पोखरामा बजारैभरि प्लास्टिकका गुच्छा र माला
पोखरा । कात्तिक १ गतेदेखि आयातित सयपत्री फूल र मालामा प्रतिबन्ध छ । अघिल्लो वर्षदेखि नै प्लास्टिकका माला निषेध गरिएको छ । यो देशैभरीको निर्णय हो । पोखरा महानगरपालिकाले केही दिनअघि सूचना निकालेर पोखरा फूलमा आत्मनिर्भर रहेको भन्दै बाहिरका फूल र प्लास्टिकका माला नभित्र्याउन र नबेच्न निर्देशन जारी गर्यो । तिहारको छेकोमा महानगरकै टोलीले अनुगमन गर्दा अहिले पसलैपिच्छे प्लास्टिकका माला भेटिएको छ ।
सोमबार पोखरा महानगरले बजार अनुगमन गरेको छ । अनुगमन टोलीले पसलमा बेच्न राखिएका प्लास्टिकका माला नियन्त्रणमा लिएको छ । महेन्द्र पुल, पालिखेचोक, बगर, विन्ध्यवासिनी, बिरौटा लगायत क्षेत्रमा अनुगमन गर्दा प्लास्टिकका माला भेटिएकोले जफत गरेको उपमेयर मन्जुदेवी गुरुङले बताइन् ।
‘प्लास्टिकका माला निषेध गरिएको छ । व्यवसायीले अटेर गरेका छन्,’ उनले भनिन्, ‘प्लास्टिकका सबै मालाहरू जफत गरेका छौँ । अरूलाई पनि नबेच्न हाम्रो आग्रह छ ।’ अटेर गरेर कारबाही गर्ने उनको भनाई छ । व्यवसायीहरूले चाहिँ बजारमा आएपछि रोक्नुभन्दा भन्सारबाटै आयात निषेध गर्नुपर्ने सुझाव दिएका छन् । बाह्य फूल आयात रोक्न महानगरले तिहार लक्षित गरेर किसानहरूलाई सहुलियतमा फूल खेती गर्न लगाएको छ ।
यो वर्ष थप १ सय ६५ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती भएको कृषि महाशाखा प्रमुख मनहर कँडरियाले बताए । वार्षिक ४ करोड भन्दा बढीको फूलको कारोबार पोखरामा हुन्छ । ४० प्रतिशत हाराहारी बाहिरबाट आयात हुन्छ भने बाँकी माग स्थानीय उत्पादनले थेग्छ ।
निर्देशन विपरीत प्लास्टिकका माला बेच्ने ७ वटा पसललाई कारबाही गरिएको छ । उनीहरुलाई ४० हजार जरिवाना गरिएको छ भने १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फूलका माला जफत गरिएको छ । पाँचवटा पसलहरूलाई सचेत गराएर आगामी दिनमा नबेच्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण