क्रिकेटपछि बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार पनि निकासा
काठमाडौँ । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद विकास नियमावली– २०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए । पदक विजेता ४ खेलाडी र २ प्रशिक्षकको जम्मा १६ लाख ८० हजार रुपैयाँ निकासा भएको हो ।
गत जनवरीमा भएको प्रतियोगितामा नेपालले १ रजत र ३ कांस्य जितेको थियो । सुष्मा तामाङले नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन् । हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए । सुष्माले ६ लाख तथा बाँकी ३ खेलाडीले समान ३–३ लाख नगद पुरस्कार पाउने छन् । प्रशिक्षक दीपक महर्जन र सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले जनही १ लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
केही दिनअघि अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेटका तीन अन्तर्राष्ट्रिय प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार निकासा गरेको थियो । तीन प्रतियोगिताका लागि जम्मा १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण