कांग्रेस नेताहरूद्वारा ५० लाख हस्तान्तरण, भूकम्प पीडितलाई तत्काल राहत दिन आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले तत्काल भूकम्प पीडितलाई उद्धार, राहत र पुनर्स्थापना गर्न आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनामा सरकारले तत्काल काम गर्न आग्रह गर्ने निर्णय गरेको थियो। मंगलबार बिहान बालुवाटार पुगेका उनीहरुले ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तरण गरेका थिए ।
साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने कांग्रेसको निर्णय थियो। भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणको लागि कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको थियो । सोमबार कांग्रेस नेता शेखर कोइरालाले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण