नागरिक लगानी कोषले तीन महिनामा कमायो २६ करोड ४८ लाख नाफा

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले तीन महिनामा २६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउन, भदौ र असोजमा गरी कोषले कूल २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
यो अघिल्लो वर्षको तुलनामा १३.८२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासमा कोषले कूल २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस पटक कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी र ब्याज आम्दानीमा वृद्धि भएसँगै खुद नाफा बढ्न पुगेको हो । कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १२.१० प्रतिशतले बढेर ३२ करोड ९५ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले सेवा तथा कमिसनबाट २९ करोड ३९ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशतले बढेर १२ करोड ४५ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा ब्याज आम्दानीमार्फत यस कम्पनीले १० करोड १२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको थियो ।
नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार २३ अर्ब ३८ करोड ४३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो
-
क्रान्तिकारीलले स्ववियु घोषणापछि आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद
-
पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’
-
वनमन्त्री शाही जर्मनी प्रस्थान
-
नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा मल्ल