नागरिक लगानी कोषले तीन महिनामा कमायो २६ करोड ४८ लाख नाफा
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले तीन महिनामा २६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउन, भदौ र असोजमा गरी कोषले कूल २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
यो अघिल्लो वर्षको तुलनामा १३.८२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासमा कोषले कूल २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस पटक कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी र ब्याज आम्दानीमा वृद्धि भएसँगै खुद नाफा बढ्न पुगेको हो । कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १२.१० प्रतिशतले बढेर ३२ करोड ९५ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले सेवा तथा कमिसनबाट २९ करोड ३९ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशतले बढेर १२ करोड ४५ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा ब्याज आम्दानीमार्फत यस कम्पनीले १० करोड १२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको थियो ।
नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार २३ अर्ब ३८ करोड ४३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण