कांग्रेसले भन्यो–भूकम्प पीडितको राहत, उद्धार र पुनर्स्थापनाको नेतृत्व प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको राहत, उद्धार र पुनर्स्थापनाको काममा नेतृत्व प्रदेश सरकार र स्थानीय सरकारलाई दिन उपयुक्त हुने सुझाव संघीय सरकारलाई दिएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले संघीय सरकारले अनुगमन र सहजीकरण गर्ने तर राहत, उद्धार र पुनर्स्थापनाको कामको नेतृत्व गर्ने प्रदेश सरकार र स्थानीय सरकारलाई दिन उपयुक्त हुने सुझाव दिएको हो ।
राहत र उद्धार कार्यक्रममा सहयोग गर्न पनि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु र संघ, संस्थाहरुलाई अपिल गर्न पनि सरकारलाई सचेत पनि गराइएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । प्रभावित क्षेत्रमा सुत्केरी, साना बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकहरुले झनै जटिल स्थिति सामना गर्नुपरेको तथ्य दृष्टिगत गरी तिनको पहिचान गरेर अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा, औषधिको अलग र विशेष व्यवस्थापन गर्न पनि काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।
पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले भूकम्पमा घाइते भएकाहरुको सम्पूर्ण उपचार राज्य कोषबाट गर्ने व्यवस्थालाई राज्यको प्राथमिक जिम्मेवारीका रुपमा व्यवस्थित ढंगले सम्पादन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । राहत वितरणको काममा एकद्वार प्रणालीबाट गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।
कांग्रेसले सरकारलाई दिएको २१ बुँदे सुझावमा भविष्यको विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणको लागि विचार गरी अहिले यो विपद्को समयमानै प्रदेश स्तर र स्थानीय स्तरमा यो भूकम्पपश्चात बहुआयामिक पुनर्निर्माण पुनस्र्थापना गर्ने र भविष्यमा अन्य विपद्हरुमा समेत काम गर्ने सोच राखी प्रदेश स्तरमा नै प्रदेश योजना आयोगलाई थप जिम्मेवार प्रदान गरी प्रदेश सरकारको नेतृत्वमा स्थानीय सरकारले नै पुनस्र्थापना तथा पुनर्निर्माण गर्ने कार्य योजना बनाउनुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी आवास अनुदान सहायता प्रदान गर्न चाँडोभन्दा चाँडो अगाडि बढाउन पनि सरकारलाई सुझाव दिइएको पार्टीका प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
भूकम्पमा अभिभावक गुमाएका बालबालिकाहरुको उच्च शिक्षासम्मको प्रबन्ध राज्यको अभिभावकत्वमा गर्नुपर्ने पनि कांग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण