आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

साल्ट ट्रेडिङले व्यापारीलाई दिन थाल्यो २० बोरा चिनी

मङ्गलबार, २१ कात्तिक २०८०, १७ : ०२
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले थोक व्यापारीलाई २० बोरा चिनी बिक्री गर्न थालेको छ । कर्पोरेसनले आजदेखि थोक व्यापारी र मार्टहरुलाई २० बोरासम्म चिनी बिक्री थालेको निर्देशक बृजेशकुमार झाले रातोपाटीलाई बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोधमा चिनी उद्योगले कोकाकोलालाई बिक्री गरेको चिनी बजारमा आएपछि कर्पोरेसनले बजारमा वितरण सुरु गरेको हो । हिजोदेखि थोक व्यापारीलाई १० बोरा चिनी बिक्री गरेको थियो । तर, आजदेखि नै प्रतिथोक व्यापारीलाई २० बोरासम्म चिनी बिक्री गर्न लागेको झाले बताए ।

उनका अनुसार कर्पोरेसनले व्यापारीको प्यान बिलका आधारमा चिनी वितरण गरिरहेको छ । र, कर्पोरेसनले बिक्री गरेको चिनी बजारमा प्रतिकिलो ११५ रुपैयाँमा बिक्रीवितरण गर्नुपर्ने सर्त छ । कोकाकोलाबाट ३ हजार मेट्रिक टन चिनी बजारमा ल्याएपछि केही सहज भएको छ ।

तर, यो परिणामको चिनीले बजारको माग नधान्ने पक्कापक्की छ । यसैगरी, आजदेखि बिगमार्ट र भाटभटेनीजस्ता सुपरमार्केटलाई समेत कर्पोरेसनले चिनी बिक्री सुरु गरेको छ । अब यस क्षेत्रमा समेत सहजै चिनी पाइने कर्पोरेसनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप