साल्ट ट्रेडिङले व्यापारीलाई दिन थाल्यो २० बोरा चिनी
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले थोक व्यापारीलाई २० बोरा चिनी बिक्री गर्न थालेको छ । कर्पोरेसनले आजदेखि थोक व्यापारी र मार्टहरुलाई २० बोरासम्म चिनी बिक्री थालेको निर्देशक बृजेशकुमार झाले रातोपाटीलाई बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोधमा चिनी उद्योगले कोकाकोलालाई बिक्री गरेको चिनी बजारमा आएपछि कर्पोरेसनले बजारमा वितरण सुरु गरेको हो । हिजोदेखि थोक व्यापारीलाई १० बोरा चिनी बिक्री गरेको थियो । तर, आजदेखि नै प्रतिथोक व्यापारीलाई २० बोरासम्म चिनी बिक्री गर्न लागेको झाले बताए ।
उनका अनुसार कर्पोरेसनले व्यापारीको प्यान बिलका आधारमा चिनी वितरण गरिरहेको छ । र, कर्पोरेसनले बिक्री गरेको चिनी बजारमा प्रतिकिलो ११५ रुपैयाँमा बिक्रीवितरण गर्नुपर्ने सर्त छ । कोकाकोलाबाट ३ हजार मेट्रिक टन चिनी बजारमा ल्याएपछि केही सहज भएको छ ।
तर, यो परिणामको चिनीले बजारको माग नधान्ने पक्कापक्की छ । यसैगरी, आजदेखि बिगमार्ट र भाटभटेनीजस्ता सुपरमार्केटलाई समेत कर्पोरेसनले चिनी बिक्री सुरु गरेको छ । अब यस क्षेत्रमा समेत सहजै चिनी पाइने कर्पोरेसनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण