नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण : अर्थमन्त्री डा. महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् । मंगलबार मन्त्री डा. महतले त्रिवि शिक्षण अस्पतालको मङ्गलादेवी बर्थिङ सेन्टरको उद्घाटन गर्दै भने, ‘मंगलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा हो । नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्त्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको छ ।’
मन्त्री डा. महतले साना परियोजनाको प्रवाह बढी भएको भन्दै कार्यान्वयन अवधि छोटो रहेको बताए । यसबाट सिधै स्थानीय तहका जनताले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्ने उनको भनाइ थियो ।
उनले अर्थतन्त्रले लय समात्दै गएको पनि बताए । ‘म धेरै अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको हुँ, कोभिडको प्रभावले आर्थिक गतिविधिमा शिथिलता आएको थियो । मानिसहरूमा निराशा थियो । तर, अहिले बिस्तारै गति लिँदै छ’, मन्त्री डा. महतले भने, ‘सामाजिक सञ्जालको पनि जमाना छ । नकारात्मक कुरा छिट्टै लोकप्रिय हुन्छ, यसले आम मानिसमा हो कि भन्ने भ्रम पारदिन्छ ।’
मन्त्री डा. महतले अनुत्पादक क्षेत्रमा लगानी, कोभिडका बेला अत्यधिक पुँजी प्रवाह हुँदा प्रतिफल नआएको जिकिर गरे । ‘घरजग्गा व्यवसायमा पनि एकदमै पुँजी प्रवाह भयो, त्यसले पनि केही समस्या पर्यो । सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको छ’ मन्त्री महतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण