रुकुम पश्चिमको दार्मा र चौरजहारीका भूकम्प प्रभावितलाई राहत वितरण
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका र दार्मा गाउँपालिकाका भूकम्प प्रभावित नागरिकहरुलाई राहत वितरण गरिएको छ ।
मंगलबार कर्णाली प्रदेश सरकारबाट पठाइएको उक्त राहत वितरण गरिएको हो । चौरजहारीका १४ वटै वडाका एक हजार ९२५ परिवारलाई त्रिपाल, कम्बल र खाद्यान्न वितरण गरिएको हो ।
यस्तै दार्मा गाउँपालिकामा पनि राहत वितरण गरिएको छ । सरकारका तर्फबाट सल्यान र रुकुम पश्चिममा खटिएका भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री भिम प्रकाश शर्माले पहिलो चरणमा त्रिपाल, कम्बल, टेन्ट, पिफर्म वितरण गरेका थिए ।
शर्माले तीन सय थान त्रिपाल, २५० थान कम्बल, २० थान टेन्ट र ३ रोल पिफर्म भूकम्प पीडितलाई वितरण गरेका हुन् ।
भूकम्पबाट भएको क्षतिग्रस्त गाउँको निरीक्षणसँगै राहत वितरण गरिएको मन्त्री शर्माले बताए । दार्मामा ७ सय ९४ घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
यहाँका २ हजार ४९७ नागरिक भूकम्पबाट प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण