मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिमको दार्मा र चौरजहारीका भूकम्प प्रभावितलाई राहत वितरण

मङ्गलबार, २१ कात्तिक २०८०, १८ : ३६
मङ्गलबार, २१ कात्तिक २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका र दार्मा गाउँपालिकाका भूकम्प प्रभावित नागरिकहरुलाई राहत वितरण गरिएको छ ।

मंगलबार कर्णाली प्रदेश सरकारबाट पठाइएको उक्त राहत वितरण गरिएको हो । चौरजहारीका १४ वटै वडाका एक हजार ९२५ परिवारलाई त्रिपाल, कम्बल र खाद्यान्न वितरण गरिएको हो ।

यस्तै दार्मा गाउँपालिकामा पनि राहत वितरण गरिएको छ । सरकारका तर्फबाट सल्यान र रुकुम पश्चिममा खटिएका भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री भिम प्रकाश शर्माले  पहिलो चरणमा त्रिपाल, कम्बल, टेन्ट, पिफर्म वितरण गरेका थिए ।

शर्माले तीन सय थान त्रिपाल, २५० थान कम्बल, २० थान टेन्ट र ३ रोल पिफर्म भूकम्प पीडितलाई वितरण गरेका हुन् ।

भूकम्पबाट भएको क्षतिग्रस्त गाउँको निरीक्षणसँगै राहत वितरण गरिएको मन्त्री शर्माले बताए । दार्मामा ७ सय ९४ घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

यहाँका २ हजार ४९७ नागरिक भूकम्पबाट प्रभावित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप