शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने

मङ्गलबार, २१ कात्तिक २०८०, २० : ३३
मङ्गलबार, २१ कात्तिक २०८०

बुटवल  । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ ।  

कोषको सचिवालय बैठकले भूकम्प पीडितको राहत र उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले बताए । 

शाक्यका अनुसार कोषका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोषका अध्यक्ष सुदन किराती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्ने छन् ।  

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप