भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने
मङ्गलबार, २१ कात्तिक २०८०, २० : ३३
बुटवल । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ ।
कोषको सचिवालय बैठकले भूकम्प पीडितको राहत र उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।
शाक्यका अनुसार कोषका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोषका अध्यक्ष सुदन किराती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण