लोकमानसिंह कार्कीको भूकम्प पीडितलाई १० लाख रुपैयाँ
मङ्गलबार, २१ कात्तिक २०८०, २१ : २०
काठमाडौँ । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख रुपैयाँ राशि प्रदान गर्ने निर्णय गरेको छ ।
भूपाल प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।
भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा. बालमानसिंह कार्कीले आजै उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रुपैयाँ राशिको चेक हस्तान्तरण गरे ।
जनरल भूपालमानसिंह कार्कीबाट २०५२ सालमा एक करोड रुपैयाँ राशिको भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण