साढे छ वर्षमा पनि बनेन हुलाकी सडक
महेन्द्रनगर । तीस महिनाभित्र कालोपत्र गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन । विसं २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने एकमात्र सडक तोकिएको समयभन्दा दोब्बर समय बितिसक्दा पनि कालोपत्र हुन नसकेपछि स्थानीयस्तरमा विरोधका कार्यक्रम अघि बढ्न थालेका छन् ।
धनगढीस्थित हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कञ्चनपुरको तीनवटा प्याकेजमध्ये हुलाकी सडकको दुईवटा खण्डको ५० प्रतिशतभन्दा बढी काम बाँकी रहेको बताए । “पाँचाँैपटक थपिएको म्याद गत असारमा सकिएपछि निर्माण कम्पनीलाई काम गर्ने समय थप गरिएको छैन,” उनले भने, “अहिले आएर बल्ल ठेकेदारहरुले काम गर्ने तयारी गरिरहेको देखिन्छ ।”
कञ्चनपुरमा डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटरको पहिलो प्याकेज पाँचौँ पटकको म्याद थपमा सकिएको थियो । यहाँ बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र भएको छ भने बाँकी कालोपत्र गर्न निर्माण कम्पनीले सुरसार गरिरहेको कार्यालयको भनाइ छ ।
उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धिसाई जेभीले पाएको थियो । सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न गरेको अवरोध कायम छ ।
त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडक मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए ।
सो प्याकेजमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने भूभाग कालोपत्र हुन सकेको छैन । समयमा सडक बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबारदेखि सो हुलाकी सडकमा पैदल यात्रा गर्ने अभियान सञ्चालन गर्दैछ ।
उक्त पार्टीका नेता जनक धामीले दोब्बर समय सकिँदा पनि सडक नबनेपछि आफूहरु रचनात्क रुपमा दबाद दिन ६४ किलोमिटर नै पैदल यात्रा गर्न लागेको बताए । “समयमा सडक नबन्दा दुईजनाले सो सडकमा ज्यान गुमाउनाका साथै दक्षिण क्षेत्रको उत्पादन बजारसम्म सहजरुपमा पुर्याउन सकिएको छैन”, उनले भने, “सडकको धुलोधुवाँले स्वास्थ्यमा असर पार्नाका साथै खाल्डाखुल्डी सडकले सिकिस्त खालका बिरामीलाई अस्पताल पु¥याउन पनि गाह्रो छ ।”
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक निर्माणाधीन छ । कैलालीमा ७३ किलोमिटर सडक विभिन्न प्याकेजमा निर्माणाधीन रहेको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय इन्जिनियर दीपक सुनारले कञ्चनपुरमा ०७३ फागुन र कैलालीमा २०७७ असारदेखि सडक निर्माण थालिएको जानकारी दिए । कैलालीको लम्कीदेखि टीकापुरसम्मको २९ किलोमिटर सडकमा आठ किलोमिटर कालोपत्र भएको छ भने बाँकी खण्डमा निर्माण जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण