मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकाेट भूकम्प

रुकुम पश्चिमका साढे तीन हजार बढी परिवारलाई राहत वितरण

बुधबार, २२ कात्तिक २०८०, ०९ : २२
बुधबार, २२ कात्तिक २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमका साढे तीन हजार बढी परिवारहरूलाई राहत वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार ७२० घरका तीन हजार ७५२ परिवारलाई पहिलो राहत वितरण गरिएको हो । 

चौरजहारी नगरपालिकाको वडा नम्बर १०, १२ र १४ मा २८८ घरका एक हजार ५११ परिवारलाई चामल, दाल, चिउरा, साबुन ब्लयाङ्केट वितरण गरिएको छ । 

यस्तै सानोभेरी गाउँपालिकाको वडा नम्बर २ का १३३ घरका ७२८ परिवारलाई त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ भने मुसिकोट नगरपालिकाको १३ र १४ नम्बर वडामा पनि राहत वितरण गरिएको छ । यहाँका ९४ घरका ४८४ परिवारलाई चामल, दाल, चिउरा, साबुन र ब्ल्याङ्केट वितरण गरिएको छ । 

आठबिसकोट नगरपालिकाका ९, १०, ११, १३ र १४ नम्बर वडामा पनि राहत वितरण गरिएको छ । यहाँका १५५ घरका ७४४ परिवारलाई चामल, दाल, नुन, तेल, त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ । यस्तै त्रिवेणी गाउँपालिकाको ९ नम्बर वडाका २८५ परिवारलाई त्रिपाल वितरण गरिएको छ । 

गत शुक्रवारको भूकम्पका कारण रुकुम पश्चिमका विभिन्न पालिकाहरूमा धनजनको क्षति भएको छ । विशेष गरी यहाँका आठबिसकोट र सानोभेरीमा मानवीय क्षति भएको छ भने भौतिक संरचनाको क्षति आंशिक रूपमा सबैतिर परेको छ ।

rr

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप