हालान्डको दुई गोलमा सिटी नकआउट चरणमा
इतिहाद । अर्लिङ हालन्डको दुई गोलको मद्दतले यङ ब्वाइजलाई हराउँदै समूह चरणका दुई खेल बाँकी छँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साबिक विजेता टोली ३–० गोलले विजयी बन्यो ।
नर्वेजियन स्ट्राइकरले खेलको २३ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा फिल फोडेनले ज्याक ग्रिलिसको पासमा टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा नै हालान्डले व्यक्तिगत दोस्रो गर्दै टोलीको जीत सुनिश्चित गरे । च्याम्पियन्स लिगका ३४ खेलमा हालान्डको गोल सङ्ख्या ३९ पुगेको छ । उनले सिटीका लागि सबै प्रतियोगिताका ७० खेलमा ६७ गोल गरेका छन् ।
५३ औँ मिनेटमा यङ ब्वाइजका सान्ड्रो लाउपरले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । तर त्यसपछि कुनै गोल सकेन ।
समूह जीको अन्य खेलमा जर्मन क्लब आरबी लेइपजीगले रेड स्टार बेलग्रेडलाई २–१ गोलले हरायो । समूहमा सिटी ४ खेलपछि सर्वाधिक १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । ९ अङ्क बटुलेको लेइपजिग दोस्रो स्थानमा छ । यङ ब्वाइज र रेड स्टरा बेलग्रेडको एक–एक अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण