नगर कार्यालय र खानेपानीको विद्युत लाइन काटियो

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको कार्यालय र खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएको छ। लामो समयदेखि विद्युत महसुल नबुझाएपछि नगर कार्यालय र खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएको हो।
विद्युत आपूर्ति नहुँदा पछिलो तीन दिनदेखि कटहरिया नगरपालिकाको सम्पूर्ण काम अवरुद्ध भएको छ। कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले विद्युत आपूर्ति नहुँदा नगरको कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको बताए । त्यसैगरी खानेपानीको विद्युत आपूर्ति नहुँदा कटहरिया ४ र ५ वडाका १६ सय सेवाग्राही शुद्द खानेपानीबाट वञ्चित भएका छन्।
नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले नगरपालिकाले करिब ४ लाख र खानेपानी उपभोक्ता समितिले १६ लाख रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी रहेको बताए । सो रकम नबुझाएकाले मिटर खोलेर ल्याइको उनको भनाइ छ ।
यसैबीच कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर कुमार सिंहले मंगलवार विद्युत प्राधिकरण मौलापुरको नाउँमा तीन लाखको चेक काटिसकेकाले आजदेखि विद्युत आपूर्ति हुने जानकारी दिए ।
उता खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले कटहरिया नगरपालिकाले पानीको महसुल नगरपालिकाले निःशुल्क घोषणा गरेको तर विद्युत महसुल नबुझाएको कारण समस्या भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा सेज चलायमान बन्दै, उत्पादन र निर्यात बढ्दो
-
‘मितज्यू’ मा स्मिता अनुबन्धित
-
ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’
-
नेपाल राष्ट्र बैङ्कद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
-
सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता
-
भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक