सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसका महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा, ७ कार्य प्राथमिकतामा

बुधबार, २२ कात्तिक २०८०, १० : १६
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बुधबार भूकम्प प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । कांग्रेस पार्टी कार्यालयका अनुसार महामन्त्रीद्वयले त्यहाँ रहेर ‘७ बुँदे कार्य’ मा ध्यान केन्द्रित गर्नेछन् । उनीहरू पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट त्यहाँ गएका हुन् । 

जसअनुसार उनीहरुले उद्धार कार्य  तदारुक र प्रशंसनीय ढङ्गले भए पनि राहत सामग्री अझै पनि कयौँ पीडितमा नपुगेको भनेर सञ्चार माध्यम मार्फत उजागर भएको अवस्थामा कमजोरीहरूको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण  गर्नेछन् । 

यसैगरी संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरूबिच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन भन्नेबारे पनि आवश्यक अध्ययन गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

यस्तै उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरूबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन भन्नेबारेमा निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न–गराउन सुझाव र सहजीकरण महामन्त्रीद्वयले गर्नेछन् । 

यस्तै उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको भूमिका, उद्धार र राहतको अवस्था,  सुत्केरी, अपाङ्गता भएका नागरिक, बालबालिका एवं वृद्ध वृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचानलगायतका बारेमा पनि उनीहरुले आवश्यक अध्ययन गर्नेछन् । 

यस्तै पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइएको भन्दै कांग्रेसले यसको कार्यान्वयनमा के कस्तो समस्याहरु आईपर्ने भन्नेबारेमा पनि आवश्यक परामर्श र अध्ययन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप