भरतपुरको देवघाटमा निर्माण गरिएको ढुङ्गे धारा मेयर दाहालद्वारा उद्घाटन
भरतपुर । पवित्र धार्मिक तीर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गरेकी हुन् ।
देवघाटधाम आउने तीर्थालु तथा मलामीहरूलाई लक्षित गरी बागमती सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन हेटौडा भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङ्गे धारा निर्माण गरेको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आइरहेको उल्लेख गरिन् । उनले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्नति, शवदाह गृह लगायतका महत्त्वपूर्ण पूर्वाधार निर्माणका कार्य भइरहेको पनि बताइन् ।
खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले जानकारी दिए । धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण