नेप्सेमा ५.१७ अंकको वृद्धि, ७८ करोडको कारोबार
काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५.१७ अंकको सुधार आएको छ ।
दिनभर तीव्र घटबढ भइरहेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.२७ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८६३ अंकमा पुगेर रोकिएको छ ।
७८ करोड २७ लाख रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ९३ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको सेयर मूल्यमा भने केही परिवर्तन भएको छैन ।
परिसूचक बढ्दा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०७ प्रतिशतले बढेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ६.३८ प्रतिशतको गिरावट आएको छ । यसक्रममा आज सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर सबैभन्दा धेरै ५ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा कुनै पनि परिवर्तन आएको छैन । विकास बैंकसहित होटल र टुरिजम समूह, लगानी र निर्जीबन बीमा समूहको सूचकमा गिरावट आएको छ । यसबाहेक, अन्य समूहको सूचकमा भने सुधार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण