गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितका लागि १ करोड सहयोग
बुधबार, २२ कात्तिक २०८०, १६ : ०२
काठमाडौँ । गोर्खा ब्रुअरी प्रा.लिले हालैका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वतःस्फूर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए । डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए ।
उनले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरूमा उल्लेख्य सहयोग गर्दै आएको, विशेष गरी कोभिड महामारी र २०७२ को महाभूकम्प पछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठुलो सहयोग गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण