बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा दानबाट ६४ लाख ७६ हजार संकलन

बुधबार, २२ कात्तिक २०८०, १६ : २२
बुधबार, २२ कात्तिक २०८०

बुटवल ।  लुम्बिनीको मायादेवी मन्दिरमा राखिएका दान पेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०र८१ अन्तर्गत पहिलो पटक बुधवार सम्पन्न भएको दान पेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दान पेटिका खोलिएको थियो । सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४२२, मङ्गलवार दोस्रो दिन २१ लाख ४९ हजार ५३८ र तेस्रो बुधवार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ गणना भएको  हो ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ । दान पेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेको विकास कोषले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप