डीपफेक आतङ्क : रश्मिका र कट्रिनापछि सचिन तेन्दुलकरकी छोरी चपेटामा
नयाँ दिल्ली । डीपफेकको दुरुपयोगका घटनाहरू दिनानु दिन बढ्दै गइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको मोर्फ्ड भिडियो अनि बलिउड अभिनेत्री कट्रिना केफको फोटोमा छेडखानीको घटना सेलाउन पाएकै छैन । क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरको फोटो बाहिरिएको छ ।
यो फोटो फेक भएको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोमा सारा क्रिकेटर शुभमन गिलसँग छिन् । पछिल्ला केही दिनयता सारा र शुभमनबीच डेटिङ चलिरहेको अफवाह चलेको छ । डेटिङको अफवाहलाई पुष्टि गर्न यो फोटो पोष्ट गरिएको अनुमान गरिएको थियो । तर अहिले आएर सो फोटो नै नक्कली भएको बताइएको छ । साराले सेप्टेम्बर २४ मा आफ्नो भाइ अर्जुन तेन्दुलकरको जन्मदिनको दिनमा उनलाई शुभकामना दिँदै इन्ष्टाग्रामको एकाउन्टमा दुवै जनाको तस्बिर राखेकी थिइन् ।
सोही तस्बिर निकालेर एआई डीपफेकको मद्दतले अर्जुनको अनुहारको ठाउँमा शुभमनको अनुहार हालिएको खुलासा भएको छ । रश्मिका मामिलामा अभिताभ बच्चन, मृणाल ठाकुरसमेतका कलाकारहरूले कारबाहीको माग गरेका थिए । तर यस मामिलामा तेन्दुलकर परिवारले अहिलेसम्म प्रहरीमा उजुरी दिएका छैनन् । न त यस मामिलामा मुख खोलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण