डीपफेक आतङ्क : रश्मिका र कट्रिनापछि सचिन तेन्दुलकरकी छोरी चपेटामा

नयाँ दिल्ली । डीपफेकको दुरुपयोगका घटनाहरू दिनानु दिन बढ्दै गइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको मोर्फ्ड भिडियो अनि बलिउड अभिनेत्री कट्रिना केफको फोटोमा छेडखानीको घटना सेलाउन पाएकै छैन । क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरको फोटो बाहिरिएको छ ।
यो फोटो फेक भएको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोमा सारा क्रिकेटर शुभमन गिलसँग छिन् । पछिल्ला केही दिनयता सारा र शुभमनबीच डेटिङ चलिरहेको अफवाह चलेको छ । डेटिङको अफवाहलाई पुष्टि गर्न यो फोटो पोष्ट गरिएको अनुमान गरिएको थियो । तर अहिले आएर सो फोटो नै नक्कली भएको बताइएको छ । साराले सेप्टेम्बर २४ मा आफ्नो भाइ अर्जुन तेन्दुलकरको जन्मदिनको दिनमा उनलाई शुभकामना दिँदै इन्ष्टाग्रामको एकाउन्टमा दुवै जनाको तस्बिर राखेकी थिइन् ।
सोही तस्बिर निकालेर एआई डीपफेकको मद्दतले अर्जुनको अनुहारको ठाउँमा शुभमनको अनुहार हालिएको खुलासा भएको छ । रश्मिका मामिलामा अभिताभ बच्चन, मृणाल ठाकुरसमेतका कलाकारहरूले कारबाहीको माग गरेका थिए । तर यस मामिलामा तेन्दुलकर परिवारले अहिलेसम्म प्रहरीमा उजुरी दिएका छैनन् । न त यस मामिलामा मुख खोलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो
-
गाजा युद्ध रोक्न नेतन्याहुले राखे यस्तो शर्त
-
इन्स्टिच्युट अफ पिसले पाए आफ्नो मुख्यालय फिर्ता, मस्कलाई ठुलो झट्का
-
सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा कर्मचारीको धर्ना
-
३० वर्ष पुग्नु भो ? खानपिनमा गरिहाल्नुस् यी परिवर्तन
-
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?