शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा पाँच जना जुवाडे पक्राउ

बिहीबार, २३ कात्तिक २०८०, १२ : १८
बिहीबार, २३ कात्तिक २०८०

सिरहा । जुवातास खेलिरहेको अवस्थामा सिरहामा पाँच जना पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–६ कटारी चौक बस्ने सञ्जय यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने २८ वर्षीय राजाराम साह समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ५ सय ८५ रुपैयाँ, ६ सय भारतीय रुपैयाँ  र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप