बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहीबार, २३ कात्तिक २०८०, १३ : ४२
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजदूतावास स्थापना गर्ने निर्णय गरेको बताइन् । 

हाल विभिन्न ३१ देशमा नेपाली राजदूतावास छन् । अब पोर्चुगलमा थपिने भएसँगै ३२ देशमा नेपाली राजदूताव हुनेछन् । नेपालले १० हजारभन्दा बढी नेपाली रहेको मुलुकमा नेपाली कूटनीतिक नियोगको स्थापना गर्ने निर्णय गरेको थियो । 

गत भदौं २५ र २६ गते बसेको प्रधानमन्त्रीसहितको बैठकले कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका देशमा तत्काल ड्राई पोस्टिङ गर्ने निर्णय गरेको थियो । त्यसका लागि परराष्ट्र मन्त्रालयले दुई महिनाभित्रमा प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप