पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजदूतावास स्थापना गर्ने निर्णय गरेको बताइन् ।
हाल विभिन्न ३१ देशमा नेपाली राजदूतावास छन् । अब पोर्चुगलमा थपिने भएसँगै ३२ देशमा नेपाली राजदूताव हुनेछन् । नेपालले १० हजारभन्दा बढी नेपाली रहेको मुलुकमा नेपाली कूटनीतिक नियोगको स्थापना गर्ने निर्णय गरेको थियो ।
गत भदौं २५ र २६ गते बसेको प्रधानमन्त्रीसहितको बैठकले कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका देशमा तत्काल ड्राई पोस्टिङ गर्ने निर्णय गरेको थियो । त्यसका लागि परराष्ट्र मन्त्रालयले दुई महिनाभित्रमा प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण