सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

राष्ट्र बैंकले शुक्रबार १७ अर्ब ८५ करोडको ट्रेजरी बोलकबोल गर्ने

बिहीबार, २३ कात्तिक २०८०, १४ : २२
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यो शुक्रबार १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले कात्तिक २४ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

तथापि, उक्त ट्रेजरी नयाँ नभएर पुरानैनवीकरण गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकको सूचना अनुसार ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनेका लागि राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ नवीकरण गरिने जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि शुक्रबार अर्थात् कात्तिक २४ गते मध्यान्न १२ः ३० बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरीको नवीकरण भने आगामी मंसिर १ गते हुनेछ ।

यसअघि केन्द्रीय बैंकले कात्तिक२० गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप