राष्ट्र बैंकले शुक्रबार १७ अर्ब ८५ करोडको ट्रेजरी बोलकबोल गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यो शुक्रबार १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले कात्तिक २४ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
तथापि, उक्त ट्रेजरी नयाँ नभएर पुरानैनवीकरण गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकको सूचना अनुसार ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनेका लागि राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ नवीकरण गरिने जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि शुक्रबार अर्थात् कात्तिक २४ गते मध्यान्न १२ः ३० बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरीको नवीकरण भने आगामी मंसिर १ गते हुनेछ ।
यसअघि केन्द्रीय बैंकले कात्तिक२० गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण