नेप्से सूचक दोहोरो अंकले घट्यो, ८३ करोड ६० लाखको कारोबार
बिहीबार, २३ कात्तिक २०८०, १५ : २१
काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । लामो समयको अन्तरालपछि लगातार तीन दिन बढेको नेप्से सूचक आज ११.८५ अंकले घट्दै १८ सय ५२.०८ अंकमा झरेको हो ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.३१ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको उपसूचक १.०३ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचकहरु १ प्रतिशत कमले घटेका छन् ।
११ अंकले नेप्से घटेको यस दिन ८३ करोड ६० लाख रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता सेयर आज किनबेच भएका छन् ।
आज सबैभन्दा बढी सयपत्री हाइड्रोपावर कम्पनीका सेयर धनीहरुले ६.९६ प्रतिशतले कमाएका छन् भने माउन्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ताहरुले ६.५८ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण