कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।
नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाको लागि तोकिएको तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा सो तालिम सम्पन्न गरिएको हो ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका प्रमुख तिलक बहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर लगायतको उपस्थितिमा कार्तिक २० देखि २२ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि कृषि,पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको हो ।
उक्त तालिममा तनहुँ लगायत विभिन्न जिल्लाहरुबाट ३३ जना व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात् कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ । यस तालिम बाट उक्त क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमा गर्नका लागि ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण