मुगुको सामूहिक हत्यामा संलग्न आरोपमा एकजना पक्राउ
काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिकामा भएको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उच्च प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा गोरखराज शाही ठकुरी छन् ।
पक्राउ गरिएको आरोपितको नाम प्रहरीले औपचारीकको रुपमा सार्वजनिक गरेको छैन । उनी मृतक परिवारका आफन्त हुन् । प्रहरी स्रोतका अनुसार ठकुरी छाँयानाथ रारा नगरपालिका वडा नम्बर–७ पिनागाउँका स्थानी हुन् ।
कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र ३ जना छोराछोरी मृत भेटिएका थिए । सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोबाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिमलाई मुगु पठाइएको छ ।
छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
सामूहिक हत्यापछि आरोपितले ढोकामा ताला लगाएर हिँडेका हुन् । श्रीदेवी बोहराको मोबाइल घटनास्थलमा भेटिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण