मुगु हत्याकाण्ड : सीआईबीका डीएसपी नेतृत्वको टोली घटनास्थलमा
काठमाडौँ । मुगुको छायानाथ रारा नगरपालिकामा भएको सामूहिक हत्या अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टोली खटाएको छ ।
कार्तिक १० मा छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा र ३ जना छोराछोरी मृत भेटिएका थिए । सो घटना अनुसन्धान गर्न घटनास्थलमा टिम पठाइएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । सीआईबीमा कार्यरत डिएसपी धर्मराज भण्डारी अनुसन्धान अधिकृतहरूको टिमसहित मुगु पुगेका छन् ।
यसअघि हत्या अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोग मागेको थियो । ब्युरोको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । हालसम्म हत्यामा संलग्न आरोपी पक्राउ परेका छैनन् । शंकास्पदहरुसँग सोधपुछ र प्राविधिक कोणबाट अनुसन्धान भइरहेको सीआईबीका एसपी अधिकारीले जानकारी दिए ।
मुगु प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले पनि सहयोग गरिरहेका छन् ।
छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीया छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
हत्यापछि हत्याराले ढोकामा ताला लगाएर हिँडेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । हत्यापछि श्रीदेवी बोहराको मोबाइल हत्याराले लिएर गएको थाहा भएको छ । कार्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे कार्तिक १० मा खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मुगुको टिमले अनुसन्धान थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण