हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिने
काठमाडौँ । डिजिटल वालेट हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्न सकिने भएको छ । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोभित्र रहेको डिजिटल वालेटको मर्चेन्ट नेटवर्कमा भाटभटेनी समेत समावेश भएको हो । भाटभटेनी, हाम्रो पे र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) बीचको सहकार्यमा यो अफर ल्याइएको बताइएको छ । एनआईएमबी हाम्रो पेको सेटलमेन्ट बैंक समेत हो ।
यससँगै हाम्रो पेले विशेष अफर समेत ल्याएको छ । जसअनुसार हाम्रो पेबाट भाटभटेनीमा भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिनेछ ।
यद्यपि यस्तो छुट रकम अधिकतम २०० रुपैयाँसम्म हुने कम्पनीले जनाएको छ । यस्तो क्याशब्याक प्राप्त गर्न भाटभटेनीको काउण्टरमा हाम्रो पे क्यूआर अनुरोध गरी हाम्रो पे वालेटबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले हाम्रो पेसँगको सहकार्यमार्फत डिजिटल भुक्तानी र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए ।
हाम्रो पेबाट हाल बिजुली, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, सरकारी राजस्व, बीमा आदिको भुक्तानी गर्न सकिन्छ । सबै जसो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो वालेटबाट कुनै पनि वालेट एवं बैंक खातामा रकम पठाउन समेत सकिन्छ ।
हाम्रो पात्रो एपमा रहेको ‘हाम्रो पे’ मा ट्याप गरी लगइन गरेर सजिलै यो डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सकिने छ । यसका लागि छुट्टै अर्को मोबाइल एप डाउनलोड समेत गरिरहनु पर्दैन ।
हाम्रो पेमा बाँडेर अर्थात् संयुक्त रूपमा बिल भुक्तानी गर्न सकिने, पैसा सापटीका लागि अनुरोध पठाउन मिल्ने, आम्दानी तथा खर्चको रेखाचित्र, लाइभ च्याट सपोर्ट, नेपाली सहित अन्य स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक विशेषता समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण