मकवानपुरमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने, प्लास्टिकका फूल गुच्छा बिक्रीमा रोक
हेटौँडा । मकवानपुरमा राती ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रवार एक विज्ञप्ति जारी गर्दै राती ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध गरेको हो ।
प्रशासन कार्यालयले देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राती ९ः ०० बजेसम्म मात्र सञ्चालन गर्न र सो समय पश्चात् अनिवार्य रूपमा बन्द गर्ने निर्देशन गरेको छ ।
त्यस्तै तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न आग्रह गरेको हो । जुवा, तास खेल्ने खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगर्न विज्ञप्तीमार्फत् नागरिकहरूमा अनुरोध गरेको छ ।
त्यस्तै २०७९ साउन ११ मा वन तथा वातावरण मन्त्रालयले देशैभर र प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएकाले उक्त कार्य नगर्न अनुरोध गरेको छ भने प्रतिबन्धित कार्यहरू वा प्रचलित कानुन वितरितका गतिविधि/क्रियाकलाप सञ्चालन गरेको खण्डमा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण