शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाका केन्द्रीय सदस्य पुन र महानगर अध्यक्ष आचार्य राप्रपा नेपालमा प्रवेश

शुक्रबार, २४ कात्तिक २०८०, १५ : ४४
शुक्रबार, २४ कात्तिक २०८०

पोखरा । राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर आचार्य राप्रपा नेपालमा प्रवेश गरेका छन् । 

शुक्रबार राप्रपा नेपाल कास्कीले चाउथेमा आयोजना गरेको कार्यक्रममा राप्रपा कास्कीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् । 

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका पुर्वकोषाध्यक्ष ऋषि सापकोटा, नेता खेम बहादुर गुरुङ, गुरुदत्त पहाडी, नेविसंघका बिराज कार्की लगायत पनि राप्रपा नेपाल प्रवेश गरेको नेता राजाराम बर्तौलाले जानकारी दिएका छन् । 

प्रवेशीहरुलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्दै राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको रुपमा स्थापित गरेरै छाड्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप