एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा वैद्य
शुक्रबार, २४ कात्तिक २०८०, १६ : ००
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य चयन भएका छन् । सञ्चालक समितिका सदस्य रहेका डा. वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरिएको बैंकले जनाएको छ ।
साथै उनले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्षदेखि बैंक सञ्चालक समिति सदस्य रहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् ।
साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए । अध्यक्षतामा एभरेष्ट बैंकले उल्लखनीय प्रगती गर्दै बैंकको नारा जस्तै दिगो, दरिलो र विश्वासिलो बन्दै बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण