प्रविधि क्षेत्रबाट यो वर्ष निकालिए २ लाख ४० हजारभन्दा धेरै कर्मचारी
वाशिङटन डीसी । गएको वर्ष विश्वको प्रविधि क्षेत्रमा व्यापक कर्मचारी कटौती भयो । तर यो प्रवृत्ति रोकिनुको सट्टा यो वर्ष झनै चर्कियो । सन् २०२३ मा विश्वभर यस क्षेत्रबाट २ लाख ४० हजारभन्दा धेरै जागिरबाट निकालिए ।
यो गत वर्षको तुलनामा ५० प्रतिशत बढी भएको कर्मचारी कटौतीबारे तथ्यांक संकलन गर्ने वेबसाइट लेजअफको तथ्यांकले देखाएको छ ।
यो वर्षको अहिलेसम्मको अवधिमा विश्वभरका १ हजार ५९ ओटा प्रविधि कम्पनीहरुले २ लाख ४० हजार १९३ जना कर्मचारीको जागिर खोसेको लेजअफको डेटाले देखाएको छ । गएको वर्ष यही अवधिमा १ हजार २४ ओटा कम्पनीबाट १ लाख ५४ हजार ३३६ जना कर्मचारीको रोजिरोटी खोसिएको थियो । यो वर्षकै शुरुमै गुगल, एमाजन, माइक्रोसफ्ट, याहु, मेटा र जूम लगायत ठूला प्रविधि कम्पनीहरुले व्यापक कर्मचारी कटौती थाले ।
माइक्रोसफ्टले आफ्नो शून्य दशमलव ६९ प्रतिशत कर्मचारीलाई निकाल्ने घोषण जुलाईमा गरेको थियो । कम्पनीले यो वर्षको सुरुमा घोषणा गरेको १० हजार कटौतीमाथि यो कटौती थपेको थियो । अन्य क्षेत्रका स्टार्ट अपहरुले पनि यो वर्षको पहिलो अर्धवार्षिक अवधिमा खर्च कम गर्न र नाफा बढाउन धमाधम कर्मचारी निकाले ।
गर्मीयाम र पतझडमा प्रविधि क्षेत्रबाट रोजगारी गुम्ने क्रम केही सुस्त भएको छ । यसलाई धेरैले सुनामी आउनु अघिको शान्तिको रुपमा हेरिरहेका छन् । कयौँ अर्थशास्त्रीहरुले आर्थिक मन्दीको चेतावनी दिइरहेका छन् । यसका कारण पनि पुनः कर्मचारी कटौतीको क्रम फर्किने अनुमान बलियो बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण