बंगलादेशमा सुनिरालाई रजत पदक

काठमाडौँ । नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वर्ल्ड टेनसि टुर जुनयिर, जीआर ५ को सर्कटि-१ मा शुक्रबार रजत जितेकी छन् ।
ढाकास्थति शेख जमाल नेसनल टेनसि कम्प्लेक्समा भएको गल्र्स िसंगल्स फाइनलमा सुनिरा भारतकी एलिना फरडिसँग ६-३ र ६-० अंकले पराजित भइन् ।
बंगलादेश टेनसि संघको आयोजनामा भएको प्रतियाेगिताको उक्त स्पर्धामा २७ खेलाडी सहभागी थिए । सुनिरा पहिलो चरणमा बार्इ पाउँदै प्रक्विाटरफाइनलमा प्रवेश गरेकी थिइन् । प्रक्विाटरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७-५ र ७-६ अंकले पराजति गरेकी सुनिराले क्वाटरफाइनलमा भारतकै प्रिन्सि मन्दागाल्लालाई ६-४ र ६-४ ले हराएकी थिइन् । सेमफिाइनलमा सुनिराले भारतकै देवान्सी गोहलिमाथि ६-३ र ६-० को सहज जति दर्ता गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
उक्त प्रतियाेगितामा नेपालबाट आर्इशा डोल्कर गुरुङ, राजवीर प्रधान र प्रणव मानन्धरले पनि प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पदकविहीन बने । नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियाेगिताको सर्कटि-२ मा पनि सहभागिता जनाउने छ । सर्कटि-२ भने बंगलादेशको राजशाहीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह