सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिँदा राजश्वमा कमी आयो : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिँदा राजश्व घटेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री महतले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय गाडीमा कम कर लाग्ने र पछिल्लो समय विद्युतीय सवारीको आयात बढेकाले राजश्व बढ्न नसकेको बताएका हुन् ।
अर्थमन्त्री महतले राजश्वतर्फ सरकारले सोचेको जस्तो सफलता नभएकाले गत वर्षको सोही समयको तुलनामा ९.३३ प्रतिशतले राजश्व बढेको बताए । उनले राजश्व संकलनको संरचना परिवर्तन आएको बताए । उनले विगतमा डिजेल र पेट्रोलमा आधारित सवारी साधनहरु मात्रै आउने गरेको र डिजेल र पेट्रोलमा आधारित सवारी साधनहरु आउँदा ३ सय प्रतिशतसम्म कर लाग्ने गरेको बताए ।
अर्थमन्त्री महतले चालु आर्थिक वर्षदेखि सरकारले विद्युतीय सवारीलाई सरकारले प्रोत्साहन गरिरहेको र पछिल्लो समय आयात हुने सबै सवारी साधन विद्युतीय भएकाले राजश्वमा कमी आएको बताए । उनले पछिल्लो समय सवारी साधनको अर्डर गर्ने सबै व्यवसायीहरुले पनि विद्युतीय सवारी साधन मात्रै माग गर्ने गरेको बताए । उनले विद्युतीय सवारी साधनमा बढीमा ४५ प्रतिशत मात्रै कर लाग्ने गरेको बताए । उनले विद्युतीय सवारी साधन आयातमा अहिले धेरै जसो १५ प्रतिशतमा सीमित भएको अवस्था रहेको बताए । उनले सवारी साधनबाट विगतमा संकलन हुने बढी राजश्वबाट हुने राजश्व संकलनमा कमी आएको बताए । उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न कर घटाएकाले राजश्व संकलनमा ठूलो मात्रामा कमी आएको दाबी गरे ।
अर्थमन्त्री महतले गत आर्थिक वर्षमा सोचेजस्तो आर्थिक वृद्धि हुन नसके पनि चालु आर्थिक वर्ष सुरु भएयता अर्थतन्त्रमा केही ठोस सुधारको आधार सृजना भएको दाबी गरे । उनले कतिपय कर घटेको र कतिपय प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण