दैवीप्रकोप उद्धार कोषमा टोखाको १६ लाख सहयोग
काठमाडौँ । टोखा नगरपालिकाले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको उपचार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा रु १६ लाख आर्थिक सहयोग गर्ने भएको छ ।
नगर कार्यपालिकाको बैठकले भूकम्पपीडित जनतालाई राहत, पुनःस्थापना र उपचारका लागि नगर विपद् कोषबाट रु १० लाख र जनप्रतिनिधि तथा कर्मचारीको तलब भत्ताबापतको रकम छ लाख गरी रु १६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगर विपद् कोषबाट रु १० लाख र नगरपालिका तथा अन्तर्गत कार्यरत अधिकृतको कर्मचारीको दुई दिन र सोभन्दा तल्लो तहका कर्मचारीको एक दिनको पारिश्रमिक सोही कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।
यस्तै, माध्यामिक तहका शिक्षकको दुई दिन र अन्य तहका शिक्षकको एक दिनको पारिश्रमिक उपलब्ध गराउनेसमेत सो बैठकले निर्णय गरेको छ । टोखाले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उक्त घटनामा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण