अमेरिकामा चिकुनगुनियाको पहिलो खोप स्वीकृत
वासिङ्टन । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले घातक रोग चिकनगुनिया विरुद्धको विश्वको पहिलो खोपलाई स्वीकृत गरेको छ । यो लामखुट्टेबाट सर्ने रोगले उच्च ज्वरो र जोर्नी दुख्ने गर्छ र शिशुहरूको लागि घातक हुन सक्छ।
एफडीएको स्वीकृति पछि यो खोप छिट्टै विश्वभर उपलब्ध हुने अपेक्षा गरिएको छ। हाल चिकनगुनियाको उपचारको लागि कुनै खास औषधि छैन।
यो वर्ष सेप्टेम्बरमा मात्रै ४ लाख ४० हजार चिकुनगुनियाका बिरामी परेका छन् भने ३५० जनाको मृत्यु भएको छ । यो वर्ष सबैभन्दा बढी चिकुनगुनियाका बिरामी दक्षिण अफ्रिका र दक्षिण एसियाका थिए ।
यस भ्याक्सिनको नाम इक्सचिक हो र एफडीएका अनुसार यसलाई १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूले प्रयोगको लागि स्वीकृत गरेको छ। यो युरोपको वालनेवाले विकास गरेको हो र यसलाई एकै सटमा लिनुपर्छ ।
सन् २००८ मा, विश्वभर ५० लाख केसहरू रिपोर्ट गरिएको थियो। छालाको जलन, टाउको दुख्ने, मांसपेशी दुख्ने बाहेक, यसको लक्षणहरूमा जोर्नी दुखाइ पनि समावेश छ जुन महिनौँ वा वर्षसम्म रहन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण