सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली जोरी

शनिबार, २५ कात्तिक २०८०, १२ : २२
शनिबार, २५ कात्तिक २०८०

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार,मङ्गलवार र बुधवार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनी रूपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको छ ।

प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रूपमा एकसय ग्राहकको सिङ्गल तथा थ्री फेज मिटरको छट्के जाँच गरेको थियो । त्यसमध्ये ४० भन्दा बढी ग्राहकले विद्युत् चोरी गरिएको पाइएको कार्यालयका प्रमुख मुनीन्द्र ठाकुरले बताए । प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्ने लगायतका गैर कानुनी क्रियाकलाप सङ्गठित रूपमै भइरहेको पाइएको बताए ।

उनले गैरकानूनी रूपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशक दिइएको बताए । उक्त केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ । कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्री फेजका दुईवटा राइस मिल र एउटा सिंचाइको ग्राहकलाई जरिवानासहित कारबाही गरेको छ ।

उक्त मिलहरूले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए । ब्रम्हबाबा जल उपभोक्ता समिति, धनकौलले ५० एमभिएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो । उक्त समितिलाई साढे ६१ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप