सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली जोरी
काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार,मङ्गलवार र बुधवार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनी रूपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको छ ।
प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रूपमा एकसय ग्राहकको सिङ्गल तथा थ्री फेज मिटरको छट्के जाँच गरेको थियो । त्यसमध्ये ४० भन्दा बढी ग्राहकले विद्युत् चोरी गरिएको पाइएको कार्यालयका प्रमुख मुनीन्द्र ठाकुरले बताए । प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्ने लगायतका गैर कानुनी क्रियाकलाप सङ्गठित रूपमै भइरहेको पाइएको बताए ।
उनले गैरकानूनी रूपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशक दिइएको बताए । उक्त केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ । कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्री फेजका दुईवटा राइस मिल र एउटा सिंचाइको ग्राहकलाई जरिवानासहित कारबाही गरेको छ ।
उक्त मिलहरूले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए । ब्रम्हबाबा जल उपभोक्ता समिति, धनकौलले ५० एमभिएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो । उक्त समितिलाई साढे ६१ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण