श्रीलंकाली टोलीका मुख्य चयनकर्ताले भने– षड्यन्त्रका कारण टोली हारेको हो
कोलम्बो । टोलीका मुख्य चयनकर्ताले विश्वकप क्रिकेटमा श्रीलंकाको खराब प्रदर्शनको कारणबारे अनुसन्धान गर्न दुई दिनको समय मागेका छन् । श्रीलंकाका मुख्य चयनकर्ता प्रमोदय विक्रमासिंघेले शुक्रबार आफ्नो देशको खराब प्रदर्शन बाह्य षड्यन्त्रको परिणाम भएको बताएका हुन् ।
न्युजिल्यान्डसँग पाँच विकेटले हारेर स्वदेश फर्केका विक्रमासिङ्घेले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘के भयो भनेर व्याख्या गर्न दुई दिन लाग्छ। यो बाह्य षड्यन्त्रको परिणाम हो । म यसको जिम्मेवारी लिन्छु।’
सन् १९९२ पछिको विश्वकपमा श्रीलंकाको यो सबैभन्दा खराब प्रदर्शन हो। टोलीले आफ्ना नौ खेलमध्ये दुईमा मात्रै जित हासिल गरेको थियो । टोली चोटका कारण समस्यामा पनि परेको थियो । प्रतियोगिताको बिचमा कप्तान पनि परिवर्तन गर्नु परेको थियो । भारतविरुद्ध श्रीलंकाको पुरा टिम मात्र ५६ रनमा आउट भएको थियो ।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै आईसीसी बोर्डले श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सदस्य भएर श्रीलंका क्रिकेटले आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण