एरिकालाई प्रयागपोखरी डोजोको सम्मान
काठमाडौँ । नेपाल सितोरियो कराते डो संघ, प्रयागपोखरी डोजोले १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई शनिबार नगदसहित सम्मान गरेको छ । शुभ दिपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो ।
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, प्रयागपोखरी डोजोका संस्थापक अध्यक्ष गोपाल महर्जन, प्रयागपोखरी डोजोका प्रशिक्षक विकास महर्जनलगायतले एरिकालाई नगद २० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा १९ औँ एसियाली खेलकुदको कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठ र वीरकृष्ण शाही र व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
चीनको हाङझावमा गत असोजमा भएको एसियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा रजत जितेकी थिइन् । एरिकाले जितेको रजत नेपालले एसियाली खेलकुदको करातेमा जितेको पहिलो रजत पदक हो । एरिकाअघि सीताकुमारी राई, समरबहादुर गोले र विमला तामाङले एसियाली खेलकुदको फरक संस्करणमा नेपाललाई करातेमा कांस्य दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण