मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति
कास्की । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।
उक्त राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवाद उत्पन्न भएपछि समस्या समाधानका लागि प्रतिवेदन पेस गर्न गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो ।
मध्यपहाडी राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवादका कारण लामो समयदेखि काम सुरु हुन सकेको छैन । पछिल्लो समय पोखराको बाटुलेचौर, अर्मला मौजा हुँदै मादी गाउँपालिका जोड्ने गरी भएको रेखाङ्कनपछि निर्माणको बोलपत्र आह्वान भएको थियो । लामाचौर र बाटुलेचौरका स्थानीयको आन्दोलनका कारण त्यसयता काम अघि बढ्न सकेको छैन ।
विवादित क्षेत्रका स्थानीयले शैक्षिक, धार्मिक, सामाजिक तथा पर्यटकीय महत्वका स्थानको अस्तित्व मेटिने गरी लोकमार्ग बन्न लागेकामा विरोध गर्दै आन्दोलन गरिरहेका छन् । लोकमार्गको पछिल्लो रेखाङ्कन वातावरणीय प्रभाव मूल्याङ्कनका हिसाबले उपयुक्त नभएको स्थानीयको दाबी छ ।
समस्या समाधान गर्न गठित समितिको सल्लाहकारमा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई रहनुभएको छभने समितिका अन्य सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा महानगरपालिका–१६ र १९ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना र पुष्पेन्द्र पाण्डे, पूर्वअध्यक्ष जीवनप्रसाद आचार्य र शोभामोहन पौडेल, सङ्घर्ष समितिका तर्फबाट गोविन्द बस्नेत, सन्दीप थापा र खेमलाल अधिकारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण