भूमध्य सागरमा अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना, पाँच सैनिकको मृत्यु
काठमाडौँ । भूमध्य सागरमा अमेरिकी सेनाको एउटा हेलिकोप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा पाँच सैनिकको मृत्यु भएको अमेरिकी सेनाले आइतबार जनाएको छ ।
अमेरिकी सेनाका अनुसार नियमित प्रशिक्षण अभ्यासका क्रममा इन्धन भर्ने क्रममा ‘एमएच–६०’ हेलिकोप्टर शुक्रबार दुर्घटना भएको हो ।
इजरायल र हमासबिच युद्ध सुरु भएपछि अमेरिकाले भूमध्य सागरमा आफ्नो सक्रियता बढाएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोशल मिडिया ‘एक्स’ मा उक्त दुर्घटनाका सम्बन्धमा जानकारी दिँदै लेखेका छन्, ‘जिल (अमेरिकी प्रथम महिला) र म ती पाँच अमेरिकी सैनिकको मृत्युमा शोक व्यक्त गर्दछु, भूमध्य सागरमा एक प्रशिक्षण मिशनका क्रममा एयरक्राफ्ट क्य्रास भएपछि जसको मृत्यु भएको हो ।’
अमेरिकी सेनाले उक्त हेलिकोप्टरले कहाँबाट उडान भरेको हो र उक्त दुर्घटना कहाँ भएको हो भन्ने खुलाएको छैन । अमेरिकाले अघिल्लो महिना दुई विमानवाहक पोतका साथै साना विमानहरु र लडाकु विमानहरु भूमध्य सागरमा तैनाथ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण