तीन महिनामा ४६ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा नेपालले ४६ करोड रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । साउन, भदौ र असोजमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनामलगायतका मुलुकमा ४६ करोड ४२ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार सो रकम बराबरको ८ सय ५१ किलो यार्सागुम्बा निर्यात गरिएको हो । हङकङ र चीनमा सबैभन्दा बढी यार्सागुम्बाको व्यापार हुने गरेको छ । तीन महिनामा हङकङमा तीन सय ३५ किलो यार्सागुम्बा निर्यात हुँदा २२ करोड ४ लाख बढी रुपैयाँ आर्जन भएको छ । चीनमा तीन सय २६ किलो यार्सागुम्बा निर्यात गर्दा १६ करोड ४५ लाखभन्दा बढी रुपैयाँ आम्दानी गरिएको छ ।
यस्तै, भियतनाममा एक सय २१ किलो यार्सागुम्बा निर्यात गर्दा ३ करोड ३१ लाख रुपैयाँ भित्रिएको छ । कम्बोडियामा ४१ किलो यार्सागुम्बा निर्यात हुँदा २ करोड ८८ लाख रुपैयाँ आर्जन भएको छ । सिंगापुरमा १५ किलो यार्सागुम्बा निर्यात गर्दा १ करोड १५ लाख रुपैयाँ आम्दानी भएको छ । मलेसियामा ६ किलो यार्सागुम्बा निर्यात भएर १८ लाख ५८ हजार रुपैयाँ आम्दानी भएको विभागको तथ्यांक छ । अमेरिकामा ५ किलो यार्सागुम्बा निर्यात गरेर ३५ लाख ५३ हजार रुपैयाँ कमाएको छ । अन्य मुलुकमा यार्सागुम्बा निर्यात गरेर ३ लाख ७ हजार रुपैयाँ नेपाललाई आम्दानी भएको छ ।
गत वर्ष सो समयावधिमा ३ सय ८२ किलो यार्सागुम्बा निर्यात भएको थियो । सो यार्सागुम्बाबाट २३ करोड ४८ लाख रुपैयाँ आम्दानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण