तीन महिनामा ४६ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा नेपालले ४६ करोड रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । साउन, भदौ र असोजमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनामलगायतका मुलुकमा ४६ करोड ४२ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार सो रकम बराबरको ८ सय ५१ किलो यार्सागुम्बा निर्यात गरिएको हो । हङकङ र चीनमा सबैभन्दा बढी यार्सागुम्बाको व्यापार हुने गरेको छ । तीन महिनामा हङकङमा तीन सय ३५ किलो यार्सागुम्बा निर्यात हुँदा २२ करोड ४ लाख बढी रुपैयाँ आर्जन भएको छ । चीनमा तीन सय २६ किलो यार्सागुम्बा निर्यात गर्दा १६ करोड ४५ लाखभन्दा बढी रुपैयाँ आम्दानी गरिएको छ ।
यस्तै, भियतनाममा एक सय २१ किलो यार्सागुम्बा निर्यात गर्दा ३ करोड ३१ लाख रुपैयाँ भित्रिएको छ । कम्बोडियामा ४१ किलो यार्सागुम्बा निर्यात हुँदा २ करोड ८८ लाख रुपैयाँ आर्जन भएको छ । सिंगापुरमा १५ किलो यार्सागुम्बा निर्यात गर्दा १ करोड १५ लाख रुपैयाँ आम्दानी भएको छ । मलेसियामा ६ किलो यार्सागुम्बा निर्यात भएर १८ लाख ५८ हजार रुपैयाँ आम्दानी भएको विभागको तथ्यांक छ । अमेरिकामा ५ किलो यार्सागुम्बा निर्यात गरेर ३५ लाख ५३ हजार रुपैयाँ कमाएको छ । अन्य मुलुकमा यार्सागुम्बा निर्यात गरेर ३ लाख ७ हजार रुपैयाँ नेपाललाई आम्दानी भएको छ ।
गत वर्ष सो समयावधिमा ३ सय ८२ किलो यार्सागुम्बा निर्यात भएको थियो । सो यार्सागुम्बाबाट २३ करोड ४८ लाख रुपैयाँ आम्दानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
-
सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ आइपुगे नवराज बोहरा
-
अर्बौँको घाटा र राजनीतिक भर्तीले थला परेपछि निजीकरणको बाटोमा सरकारी उद्योग
-
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
-
एमालेका दुई युवा नेताको टिप्पणी : दुई बुँदे सहमतिले माओवादी र पलेँटी आन्दोलनले रास्वपालाई धूलिसात् बनायो