आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नियमनका नाममा प्लेटफर्मनै बन्द गर्ने कुरा उचित भएन : महासचिव पोखरेल

सोमबार, २७ कात्तिक २०८०, १८ : १२
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले  नियमनका नाममा प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको बताएका छन् ।  

सोमबार मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको टिप्पणी गरेका हुन् । 

उनले लेखेका छन्,‘नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्मनै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन । कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो । ध्यान देऊ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप