शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हरिवंशलाई शुभकामना दिँदै मदनकृष्णले भने–अरबौँ मान्छेहरूमा तिमी एक मनमिल्ने मान्छे

सोमबार, २७ कात्तिक २०८०, १९ : १०
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको आज ६७ औँ जन्मदिन परेको छ । जन्मदिनको अवसरमा सामाजिक सञ्जाल मार्फत उनलाई थुप्रैले शुभकामना व्यक्त गरिरहेका छन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिएका छन् । श्रेष्ठले आचार्यलाई आफ्नो जीवनको अद्वितीय सहयात्री मित्र भन्दै जन्मदिनको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो अद्वितीय सहयात्री मित्र हरिवंश, तिमिलाई म के भनूँ । भाइ भनुकी साथी भनूँ । उपमा धेरै म के दिऊ । अरबौँ मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे भनूँ । जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।’ 

श्रेष्ठले आचार्यलाई निरोगी होस्, चिरायु होस्, शारीरिक सुख, पारिवारिक सुख, सन्तान सुख, मैत्री सुख, सामाजिक सुख, राष्ट्रिय सुख र सबै प्रकारको सुखको समेत कामना गरेका छन् ।

हरिवंश र मदनकृष्णको लामो समयदेखि कलाकारितामा सहकार्य चल्दै आएको छ । दुवै नेपाली कला क्षेत्रमा मह जोडीको रूपमा चिनिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप