टिकटक बन्द होइन नियमन गर्नुपर्छ : नैनसिंह महर
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएका छन् । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि सत्ताको प्रमुख घटक कांग्रेसका केन्द्रीय सदस्य महरले सामाजिक सञ्चालनकाे नियमन आजको आवश्यकता भएको बताए ।
"लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको उच्च स्थान छ । बढ्दो सूचना प्रविधिको विकाससँगै विचार अभिव्यक्तिका लागि सामाजिक संजाल प्रभावकारी माध्यमका रुपमा स्थापित छन् । यिनिहरुको नियमन आजको आवश्यकता हो । तर नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रताका स्थापित अन्तर्राष्ट्रिय सीमा विपरीत मात्र होइन हाम्रो संविधानको परिकल्पना विपरीत छ,"उनले लेखेका छन् ।
सरकारले टिकटक बन्द नभई समग्र सामाजिक सञ्जालको उचित र प्रभावकारी नियमनमा ध्यान दिनुपर्ने महरकाे भनाइ छ ।
"सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न उचित र प्रभावकारी नियमन आवश्यक छ । नियमन गर्ने नाममा सामाजिक सञ्जालबन्द गरिनु गलत हो । यसरी टिकटक बन्द गरिनुको पछाडि सरकारको नियत के हो भन्ने यक्षप्रश्न हो," उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण