मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

डलरसँग नेपाली रुपैयाँ १.३४ प्रतिशतले अवमूल्यन भयो !

मङ्गलबार, २८ कात्तिक २०८०, १२ : ५२
मङ्गलबार, २८ कात्तिक २०८०

काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १.३४ प्रतिशतले अवमूल्यन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असोज मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२ रुपैयाँ ९५ पैसा पुगेको छ । 

जबकि अघिल्लो वर्ष २०७९ को असार मसान्तमा यस्तो विनियमयदर ३.०१ प्रतिशतले अवमूल्यन भएर अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा कायम भएको थियो । 

रुस र युक्रेनबीचको युद्धले निम्त्याएको संकट अन्तर्राष्ट्रिय आयात निर्यातको प्रभाव र तेलको मूल्यका कारण डलरको मूल्य प्रभावित हुन पुगेको हो । जसका कारण पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ कमजोर बन्न पुगेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप