सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्डे टेष्टमा सुपरहिट साबित भयो टाइगर ३

मङ्गलबार, २८ कात्तिक २०८०, १४ : १२
मङ्गलबार, २८ कात्तिक २०८०

नयाँ दिल्ली । सलमान खान र कट्रिना कैफ अभिनीत टाइगर ३ मन्डे टेष्टमा पास मात्रै होइन सुपरहिट साबित भएको छ । रिलिजको पहिलो सोमबार फिल्मले ५७ करोड ५० लाख रुपैयाँ कमाएको छ । 

यो कमाई शाहरुख खानको पठान र जवान र दक्षिण भारतीय सुपरस्टार प्रभासको बाहुबली २ को हिन्दी संस्करणले पहिलो सोमबार कमाएको भन्दा धेरै हो ।

पहिलो दिनको कारोबारमा फिल्मले ४४ करोड ५० लाख रुपैयाँ मात्रै कलेक्शन गरेको थियो । दुई दिनको कारोबारमा फिल्मले १ अर्ब २ करोड रुपैयाँ कमाएको छ । यो वर्ष अहिलेसम्मको अवधिमा दोस्रो दिनको कारोबारमा टाइगर ३ जवान र गदर २ लाई समेत उछिनेर दोस्रो धेरै कमाउने फिल्म बनेको छ । पठानको दोस्रो दिनको कमाइ ७० अर्ब ५० करोड रुपैयाँ थियो । जवान र गदर २ ले रिलिज भएको दोस्रो दिनमा ५३ करोड र ४३ करोड ८० लाख रुपैयाँ कमाएका थिए ।

टाइगर ३ यही रफ्तारमा अगाडि बढ्यो भने यो सलमान र कट्रिनाको सबैभन्दा ठुलो फिल्म बन्ने देखिन्छ । जोयाको भूमिकामा  कट्रिनाले पनि राम्रो रेस्पोन्स पाइरहेकी छिन् । इमरान हाशमीलाई खलनायकको रुपमा पनि दर्शकले मन पराएका छन् । फिल्ममा शाहरुख खानको क्यामियो पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप