बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी नेता भन्छन्–टिकटक बन्द तालिवानी मानसिकताको उपज

मङ्गलबार, २८ कात्तिक २०८०, १६ : ४०
मङ्गलबार, २८ कात्तिक २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मण पन्तले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । 

माओवादी निकट इटर्नी नेपालका इन्चार्जसमेत रहेका उनले टिकटक बन्द गरेर इण्डो– अमेरिकन लबी खुसी भएपनि सारमा यो तालिवानी मानसिकताको उपज भएको टिप्पणी गरेका छन् । 

‘टिकटक बन्द गरेर इण्डो–अमेरिकन लबी त खुसी होला , तर यो तालिनी मानसिकताको उपज हो’, उनले सामाजिक सञ्जालमा सरकारको कदमको आलोचना गर्दै भनेका छन् । 

उनले अगाडि भनेका छन्, ‘सामाजिक राजनीतिक जीवनका कुन क्षेत्रमा विकृति छैन ? के सबै बन्द गरिदिन सम्भव छ श्रीमान् सरकार ?’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयबारे तीव्र बहस भइरहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप