माओवादी नेता भन्छन्–टिकटक बन्द तालिवानी मानसिकताको उपज
मङ्गलबार, २८ कात्तिक २०८०, १६ : ४०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मण पन्तले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।
माओवादी निकट इटर्नी नेपालका इन्चार्जसमेत रहेका उनले टिकटक बन्द गरेर इण्डो– अमेरिकन लबी खुसी भएपनि सारमा यो तालिवानी मानसिकताको उपज भएको टिप्पणी गरेका छन् ।
‘टिकटक बन्द गरेर इण्डो–अमेरिकन लबी त खुसी होला , तर यो तालिनी मानसिकताको उपज हो’, उनले सामाजिक सञ्जालमा सरकारको कदमको आलोचना गर्दै भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘सामाजिक राजनीतिक जीवनका कुन क्षेत्रमा विकृति छैन ? के सबै बन्द गरिदिन सम्भव छ श्रीमान् सरकार ?’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयबारे तीव्र बहस भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण