सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित

मङ्गलबार, २८ कात्तिक २०८०, १९ : १६
मङ्गलबार, २८ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । पशुपति सिर्जनशील युवा क्लबले आयोजना गरेको नेपाल संवत् ११४४ को शुभकामना आदान प्रदान कार्यक्रममा लामा सम्मानित भएका हुन् । 

क्लबका अध्यक्ष एवम् कार्यक्रमका संयोजक सुमन डंगोल, काठमाडौँ क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सदस्य एवं प्रमुख अतिथि गगनकुमार थापा, बागमती प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव राजुकुमार खत्री र काठमाडौँ महानगरपालिका ८ वडाका अध्यक्ष आशामान संगत लागयतको उपस्थितिमा राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक लामालाई सम्मान गरेको छ ।

गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक हासिल गरी नेपाल र नेपालीको नाम र इज्जत उच्च पार्ने क्रममा प्रशिक्षकको भूमिका रहेकोले नेगीलाई सम्मान गरेको बताइएको छ ।

प्रशिक्षकका रुपमा रहेर लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा पलेशाको सहित जितेको ९ औँ पदक हो । अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक नेगी लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको छ । पलेशाले १ स्वर्ण र १ कांस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ कांस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान १–१ कांस्य जितेका छन् । पलेशाले टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेको बेला पनि नेगी लामानै पलेशाका प्रशिक्षक थिए ।

सोही कार्यक्रममा नेपाली राष्ट्रिय पौडी खेलाडी अदिप्शा वैद्यलाई पनि सम्मान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप