३४ खेलमा अपराजित रहेपछि अस्ट्रेलियाको भोगेको त्यो नमिठो हार
काठमाडौँ । सन् २०११ को आईसीसी एकदिवसीय विश्वकप दक्षिण एसियाली राष्ट्र भारत, श्रीलंका र बंगलादेशले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यो विश्वकपको फाइनलमा भारतले श्रीलंकालाई हराउँदै दोस्रो पटक उपाधि हात पारेको थियो ।
तर, त्यो विश्वकपमा तत्कालीन साबिक विजेता अस्ट्रेलियासँग भने केही दुःखद संयोग जोडिएको थियो । अस्ट्रेलिया बल्लतल्ल समूहगत चरण पार गर्दै त्यो विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो । त्यसपछि क्वार्टरफाइलमै अस्ट्रेलियन टोली भारतसँग पराजित हुन पुगेको थियो ।
त्यो विश्वकपमा अस्ट्रेलियाको दुःखद क्षण समूहगत चरणबाटै सुरु भएको थियो । मार्च १९ तारिखमा खेलिएको समूहगत चरणको खेलमा अस्ट्रेलियन टोली पाकिस्तानसँग चार विकेटले पराजित भएको थियो । खासमा अस्ट्रेलियन टोलीका लागि त्यो हार निकै निराशाजनक थियो । त्यसअघि अस्ट्रेलियन टोली एकदिवसीय विश्वकपमा लगातार ३४ खेलमा अपराजित रहँदै आएको थियो ।
सन् १९९९ को मे २७ तारिखयता विश्वकपमा खेलेको आफ्नो ३२ खेलमा अस्ट्रेलिया विजयी भएको थियो । बाँकी एक खेल बराबरीमा सकिएको थियो भने एक खेल अनिर्णीत रूपमा टुङ्गिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण